धनकुटामा सुफत मूल्यको सहकारी पसल सञ्चालन
धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं ६ विचबजारमा जन उत्थान वहुउद्देश्यीय सहकारी सस्था धनकुटाले आज देखी सुफत मूल्य सहकारी पसल सञ्चालन गरेको छ । दैनिक उपभोग्य समाग्री सहित ताजा तकारीहरु सुलभ मूल्यमा विक्रि वितरण गरी उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा ल्याईएको सुफत मूल्यको सहकारी पसलको उद्घाटन प्रदेश सभाका सांसद लिला सुब्बाले गर्नुभएको हो ।
पसल उद्घाटन गर्दै उहाँले यस्ता पसलले बजार भाउ नियन्त्रण हुने र उपभोक्ताहरुलाई सेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । जनउत्थान वहुउदेश्यीय सहकारी संस्था धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सञ्चालित सुफत मूल्यको सहकारी पसल उद्घाटन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगाना लगायतले उपभोक्ताहरुको हितका लागि प्रत्येक बजारमा कम्तीमा एउटा सुफत मूल्यको सहकारी पसल खोल्नु पर्नेमा जोड दिएका थिए ।

प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालय धनकुटा मार्फत १ लाख ८० हजार अनुदान उपलव्ध गराएको र अन्य रकम सहकारी संस्थाकै गरी जम्मा ८ लाख रुपैयाँ वरावरको लागतमा सूफत मूल्यको सहकारी पसल सञ्चालनमा ल्याईएको अध्यक्ष दिनेश राईले जानकारी दिनु भयो ।
पसल उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिका ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,निर्वाचित सदस्यहरु मिलन खड्गी,बेणु वस्नेत, नेपाल भूपू सैनिक संघ धनकुटाका अध्यक्ष धन वहादुर खड्का,सहकारी संघका केन्द्रिय प्रतिनीधि खगेन्द्र सुवेदी,समाजसेवीहरु पिताम्वर शाक्य,प्रभा श्रेष्ठ,विनय राई,हरी प्रधान, मोहन घिमिरे, सहकारीका सचिव रिद्ध थापा लगायतको उपस्थिति थियो ।


