विदेश जान तयार २ हजार बढी धनकुटेलीलाई परामर्श दिईयो
धनकुटा खबर । आप्रावासी स्रोत केन्द्रले एक वर्ष वढीको समयावधिमा बैदेशिक रोजगारीमा जानलागेका र वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन आएका २ हजार ७ सय ६७ जनालाई सूचना तथा परामर्श दिएको जनाएको छ ।
धनकुटा नगरपालिकामा २०७५ साल माघ २२ गते स्थापना भए यता २०७६ साल फागुन महिना सम्म १ हजार ९८ जना महिला र १ हजार ६ सय ६९ जना पुरुष गरी जम्मा उल्लेखित संख्याका व्यक्तिलाई सूचना तथा परामर्श दिएको तथ्याँंक केन्द्रमा रेकर्ड रहेको केन्द्रकी सूचना अधिकृत मञ्जु राईले जानकारी गराउनुभयो ।
आप्रावासी श्रोत केन्द्र धनकुटा नगरपालिकाको आयोजनामा आज हिलेमा सञ्चालित सूरक्षित वैदेशिक रोजगारीका लागि सचेतना कार्यक्रममा त्यस्तो जानकारी दिईएको हो । यो सेवा लिनेहरुमा धनकुटा नगरपालिकाका ६ सय ६७ जना, पाख्रीबास नगरपालिकाका ४ सय ८७ जान, माहालक्ष्मी नगरपालिकाका ४ सय ६७ जना, छथरजोरपाटी गाँउपालिकाका ४ सय ९ जना, शहिदभूमि गाँउपालिकाका ४ सय र सागुरीगढी गाउँपालिकाका ३ सय ३७ जना रहेकाछन् ।

चौबिसे गाउपालिकाको भने सोही गाँउपालिका मै पासपोर्ट बनाउने भएकोले त्यहीको आप्रवासी स्रोत केन्द्रमा रेर्कड रहने उहाँले् वताउनुभयो । स्रोत केन्द्रले स्थापना पछि हासिल गरेका उपलब्धिहरुमा बैदेशिक रोजगार सम्बिन्धि दर्ता भएको मुद्धा १८ मध्ये ८ वटा सफल भएको र ४ मृत्यू ,१ दुर्,घटना, ठगी १ गरी अन्य ७ वटा केश मिलाएको र बैदेशिक रोजगारीमा गएका आफन्त गुमाएका परीवारका २ जनालाई वैदेशिक रोजगार वोर्ड मार्फत छात्रावृति उपलब्ध गराएको छ । कार्यक्रममा श्रोत केन्द्र प्रभावकारी भएको धनकुटा नगरपालिकाको आप्रावासी श्रोत केन्द्रका सुचना अधिकृत मञ्जुराइले बताउनु भयो ।
उहाँले आप्रवासि स्रोत केन्द्रबाट प्रदान गरिने सेवाहरुको विषयमा जानकारी गराउदै उहाँले स्वदेशमा रोजगार हुनका लागि जानकारी प्रदान गरीने, सूरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध ,वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई कम गराउन र ठगीमा परेकालाई क्षतिपूर्ती उपलब्ध गराउन सहयोग गर्ने, विदेशमा अलपत्र वेपत्ता भएका र विभिन्न समस्यामा परेकाहरुको स्थिति पत्ता लगाउन सहयोग गर्ने र मृत्यु र अंगभंग भएका कामदारहरुको हकमा वैदेशिक रोजगार वोर्ड, सम्बन्धित निकायवाट प्रदान गर्ने आर्थिक सहायता उपलब्ध गराउने लगायतको सेवा प्रदान गरिरहेको जानकारीदिनु भयोे । उहाँले वर्तमान अवस्थामा वैदेशिक रोजगारीको चुनौतिहरु, सूरक्षित वैदेशिक रोजगार र बैदेशिक रोजगारीबाट फर्किएकालाई व्यवस्थापन गर्न पालिकाको भूमिका विषयमा समेत सहजिकरण गर्नु भएको थियो ।
त्यस्तै गरी धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष निरन तामाङ ले श्रम बेचेर देश कहिले उभो नलाग्ने भन्दै अबका दिनमा श्रम बेच्नका लागि होइन उत्पादन निर्यात गर्न आवश्यक रहेको बताउनु भयो । साथै धनकुटा नगरपालिकाको स्वदेशमा नै कमाऔँ,स्वदेशमानै रमाऔ ,बैदेशिक रोजगारीलाई सूरक्षित बनाउ भन्ने नारा रहेकाले यूवाहरुलाई दक्ष र उत्पादन क्षेत्रमा लाग्नका लागि प्रोत्साहन मूलक , सिप विकास तालिम ,व्यवसाय तथा उद्योग सञ्चालन गर्नका लागि सहयोग गर्ने बताउनु भयो ।
श्रम बेच्नका लागि होइन उत्पादन बेच्नका लागि विदेश जाने वातवरण सिर्जजना गर्न का लागि अहिले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार सहयोग गर्न तयार रहेको भन्दै उहाले यूवाहरुलाई कार्यक्रम वडामा लियर आउन पनि अनुरोध गर्नुभएको छ । अहिले धनकुटानगरपालिकाबाट सञ्चालित आप्रावासी श्रोत केन्द्रले जिल्लाको ६ वटा स्थानियतहहरुलाई सेवा दिइरहेको कार्यक्रममा जानकारी दिईएको छ।
कार्यक्रममा कार्यपालिका सदस्य कल्पना थापा, वडासदस्य लालचन गोङवा, वडा सचिव गिता तिँिम्सना ,नेकपा धनकुटा नगरका नगर इन्र्चाज नकुल राई, नेकपा वाडा नं १ का अध्यक्ष कमल थिङ र सुरेन्द्र थापा लगायत वडा नं १ हिलेका का यूवाहरुको सहिभागिता थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मिलन खड्काले गर्नु भएको थियो ।


