धनकुटामा आज सम्मको कोरोना परिक्षण अपडेट हेर्नुहोस्
धनकुटा खबर । आज सम्म धनकुटा जिल्लाका १८ सय ५० जनाको कोरोना परिक्षण गरिएको छ । १ हजार ६३ जनाको आरडिटी र ७ सय ८७ जनाको पीसिआर विधिवाट कोरोना परिक्षण गरिएको हो जस मध्ये आरडिटी विधिवाट परिक्षण गरिएका मध्ये २ सय ७७ महिला र ७ सय ८६ पुरुष रहेकाछन् । उनिहरु मध्ये ३१ जनाको आरडिटी पोजेटिभ र १ हजार ३२ जनाको नेगेटिभ रिपोर्ट आएको छ ।
आरडिटी पोजेटिभ आएकाहरुको पनि पीसिआर रिपोर्ट नेगेटिभ आईसकेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ । त्यस्तैगरी ७ सय ८७ जनाको पीसिआर विधिवाट कोरोना परिक्षण गरिएकोमा २ सय ९१ महिला रहेका छन् भने ४ सय ९६ पुरुष रहेकाछन् ।
पीसिआर गरिएका मध्ये ७ सय ५५ जनाको रिपोर्ट आएको र ३२ जनाको बाँकी रहेको प्रशासनले जनाएको छ । पीसआर रिपोर्ट नेगेटिभ आएका ७ सय ४७ रहेकाछन् भने ८ जनाको रिपोर्ट पोजेटिभ आएकोमा उनिहरु निको भएर घर फर्किसकेको छन् ।


