छथर जोरपाटीको लक्ष्य फलफुल खेतीमा आत्मनिर्भर, बाडियो ५० लाख वरावरको विरुवा
धनकुटा खबर । किसानहरुलाई फलफुल खेतीमा आत्मनिर्भर वनाउने लक्षका साथ धनकुटाको छथर जोरपाटी गाउँपालिकाले फलफुलको विरुवा वितरण गरेको छ ।
गाउँपालिकाको ६ वटै वडाका किसानहरुलाई ५० लाख वरावरको एवोकाडो, कागती, सुन्तला, आँपा,लिच्चि,अनार, जुनार लगायत फलफुलको विरुवा नि शूल्क वितरण गरेको गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले वताउनुभयो । किसानहरुलाई आँपको १३ सय ५०, लिच्चिको २९ सय,अनार ११ सय,कागती १२ हजार २ सय, एवोकाडो १९ हजार १ सय, सुन्तलाको २२ सय वोट विरुवा वितरण गरिएको कृषी शाखा मिलन कार्कीले वताउनुभयो ।

गाउँपालिकाको २ र ६ नं वडामा एवोकाडोको २ हजार ५०, सुन्तला २ सय, कागती १५ सय ५० लिच्चि ५० वोट वितरण गरिएको छ । ३ नं वडामा एवोकाडो ८ हजार,कागती २२ सय,सुन्तला ७ सय,आँप १ सय, लिच्चि १ सय र अनारको १ सय वटा विरुवा किसानहरुलाई प्रदान गरिएको वडाध्यक्ष ज्ञान वहादुर लिम्वुले वताउनुभयो ।
त्यस्तै १ नं वडामा एवोकाडो ३७ सय,सुन्तला २ सय,mजुनार २ सय, कागती २६ सय ५०,आँप २ सय,अनार ६ सय र लिच्चि ३ सय ५०, ४ नं वडामा ४९ सय ५० वोट एवोकाडो,२ सय वोट सुन्तला,२४ सय ५० कागती,४ सय अनार,१५ सय ५० लिच्चि र ८ सय वोट आँपको विरुवा वितरण गरिएको छ । भने ५ नं वडामा २५ वोट एवोकाडो,६ सय ७० सुन्तला,३२ सय कागती, लिच्चि ८ सय वोट वितरण गरिएको गाउपालिकाले जनाएको छ ।


