विलको भूक्तानि नपाएको भन्दै धनकुटाको २ वटा सरकारी कार्यालयमा तालावन्दी
धनकुटा खबर । निर्माण कार्य पूरा भएका योजनाको विलको भूक्तानि नपाएको भन्दै निर्माण व्यवसायीहरुले धनकुटाको २ वटा सरकारी कार्यालयमा तालावन्दी गरेकाछन् ।
असार २२ गते यता पेश गरिएको विलको भूक्तानि नपाएपछि निर्माण व्यवसायीहरुले जिल्लाको प्रदेश लेखा ईकाई कार्यलय र शहरी विकास तथा भवन निर्माण कार्यालयमा तालावन्दि गरेका हुन् ।
उपभोक्ता समितिहरुलाई विल भूक्तानि गरिरहेको पाईएको तर आफुहरुको भने असार २२ गते यता पेश गरेको विलको भूक्तानि नदिईएपछि अन्यायमा परेको निर्माण व्यवसायी संघ धनकुटाका केन्द्रिय सदस्य यज्ञ प्रसाद खतिवडाले वताउनुभयो । लकडाउनको समयमा हतार-हतार काम लगाउने अनि पूरा भएको कामको भूक्तनी नदिने ? उहाँले भन्नुभयो ।
आफुहरुले पाउने विल भूक्तानि पाउनु पर्ने भनि भोलि जिल्ला प्रशासन कार्यालय मार्फत मुख्यमन्त्रिको समेत ध्यानाकर्षण गराउने योजना रहेको उहाँले वताउनुभयो । जिल्लामा निर्माण व्यवसायीले पूरा गरेको कामको झण्डै २० करोड रकम भूक्तानि हुन बाँकी रहेको खतिवडाको भनाई छ ।


