ब्याज मिनाहा गर्न माग गर्दै धनकुटामा प्रदर्शन
धनकुटा खबर । ऋणको ब्याज मिनाहा गर्न र किस्ता बझाउने म्याद पाच महिना पर सार्न माग गर्दै आज धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा प्रर्दशन गरेकाे छ । प्रदर्शनपछि संघले राष्टिय बाणिज्य बैंक धनकुटा लगायत विभिन्न बैंकहरुमा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र समेत पठाएको छ ।
बैंक तथा वित्तिय संस्थाबाट किस्ता बुझाउने वाम्वरा दवाव दिएपछि संघले ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाँच महिना पर सार्न माग गर्दै प्रर्दशन गरि राष्टिय बाणिज्य बैंक धनकुटा र सांग्रिला विकास बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र समेत पठाएको छ ।
प्रर्दशन तथा धर्नामा संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई श्रेष्ठ ,महासविच राम वहादुर गोङ्वा,घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,रेवती प्रसाद अधिकारी,नगेन्द्र काफ्ले,सुनिता थापा,रिदम श्रेष्ठ,उज्वल कर्माचार्य लगायतले ऋणको ब्याज मिनाहा गर्नु पर्ने र किस्ता बुझाउने म्याद ५ महिना पर सार्न माग गरेका थिए ।माग पूरा नभए सवै बैंकहरुमा धर्ना दिने, बैंकहरु वहिष्कार गर्न समेत सकिने र आन्दोलनलाई अझ सशक्त बनाउने वताएकाछन् ।
प्रर्दशन र धर्ना पछी संघले राष्टिय बाणिज्य बैक धनकुटा शाखाका प्रवन्धक केनदिप श्रेष्ठ मार्फत राष्ट बैंकका गर्भनरलाई ऋणको ब्याज मिनाहा गर्न , किस्ता बुझाउने माग पाच महिना पर सार्न र व्यापार व्यावसाय र उद्योग सञ्चालन गर्न उद्योगी व्यावसायीहरुलाई आकस्मिक कर्जा,पुर्नकर्जा,सहुलियत कर्जा तत्काल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र पठाएको छ ।
धर्ना तथा प्रदर्शनमा व्यावसायी तथा समाजसेवी यूवा नेता ऋषीराम ढुंगाना, सौन्र्दय कला व्यावसायी संघ धनकुटाका सचिव एलिना श्रेष्ठ,सहसचिव सानुमाया श्रेष्ठ, स्मिता जोशी, धनकुटाका व्यावसायी तथा व्यापारीहरु समिर खान,बद्री प्रसाद पौडेल,राधा तिम्सिना,सिता दाहाल,चन्द्रकला धमला,युवाराज निरौला,रेणुका अर्याल, उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिचन प्रधान,कर्मचारीहरु मुकेश राई,मनिषा श्रेष्ठ,नवराज श्रेष्ठ लगायत धनकुटाका व्यापारी तथा व्यावसायीहरुको सहभागीता थियो ।
साे अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले अव किस्ता बुझाउन नसक्दा आत्मा हत्या गर्नु पर्दैन जुन बैंक तथा वित्तिय संस्थाहरुले जवरजस्ती दवाव दिन्छ र निरन्तर प्रेसर गरिरहन्छ हामीलाई खवर गर्नुहोस भन्दै त्यस्ता बैंक तथा वित्तिय संस्थाहरुमा गएर अाफुहरु घेराउ गर्ने, धर्ना दिने र अन्त्यमा धनकुटाबाट हरिष्कार सम्म गर्ने चेतावानी दिनु भयो ।


