धनकुटाका यी २ मावि नमूना विद्यालयमा छनोट

धनकुटा खबर । यस वर्ष सरकारले देशभरमा १०० वटा सामुदायिक विद्यालयलाई नमूना छनोट गरेकोमा धनकुटा जिल्लाबाट २ नमूना विद्यालयका लागि छनोट भएका छन् ।

जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ मा रहेको जालपादेवी माबि र सहिदभूमि गाउपालिका ४ रहेको पन्चकृष्ण माविलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमूना विद्यालयमा छनोट गरेको हो ।

विद्यालयलाई नमूना छनोटका लागि धनकुटाका संघिय माननीय राजेन्द्र कुमार राईले विशेष पहल गरेका थिए ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार ती १०० विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।