टेलिकमको सर्भर ह्या,क गर्ने धनकुटामा कार्यरत सरकारी कर्मचारी कार्यालयबाटै प,क्राउ
धनकुटा खबर । नेपाल टेलिकमको सर्भर ह्या,क गरेको आरोपमा धनकुटाका एक सरकारी कार्यालयका कर्मचारी प,क्राउ परेकाछन् ।
प,क्राउ पर्ने धनकुटाको पाख्रीवास नगरपालिका ५ घर भई शहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्यूटर अप्रेटरको काम गर्दै आएका २५ वर्षका दिवाकर देउजा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
नेपाल टेलिकमको उजुरीको आधारमा केन्द्रबाट अनुसन्धानका लागि आएको सिआईवीको टोलिले देउजालाई हिजो प,क्राउ गरेको हो । सिआईवीको टोलिद्धारा कार्यालयबाटै प,क्राउ परेका उनलाई थप अनुसन्धानका लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।


