धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष भन्छन,- व्यापार व्यावसाय चौपट भयो, अब सरकारले सहयोग गर्नुपर्छ
धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले लक डाउनका कारण व्यापार व्यावसाय चौपट भएकोले सरकारले व्यापारी व्यावसायीहरुलाई सहयोग गर्नु पर्ने वताउनुभएको छ ।
जिल्लाको चौविसे गाउँपालिकाको राजारानी, सागुरीगढी गाउपालिकाको डाडाबजार र भेडेटारका व्यापारी व्यवसायी एवम् जनप्रतिनिधिहरु संग छलफल गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । उहाँले व्यापार व्यावसाय प्रवद्र्धनका लागि बैंक तथा वितत्तय संस्थाहररुले व्यापारी व्यवसायीलाई आकस्मिक कर्जा , पुर्नकर्जा सहित विभिन्न सहुलियत कर्जा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले चौविसको राजारानीमा उद्योग बाणिज्य संघ राजारानी र मौनावुधुकका सदस्यहरु यूवा समाजसेवी हर्कमान चेम्जोङ, सदस्यहरु कुमार सुवेदी,शसी लिम्बु,सविन अधिकारी,नगेन्द्र राई,हर्क राई,निर्वाचित वडा सदसय हर्कमाया राई, गंगा लिम्बु लगायत सँग भेटघाट गरी व्यापार व्यावसायको अहिलेको अवस्थाको वारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी सागुरीगढी गाउपालिका वडा नं ५ का वडाध्यक्ष पलक वहादुर वस्नेत, भेडेटार होटल एशोससएशनका अध्यक्ष जितेन्द्र राई लगायत होटल व्यावसायीहरुसंग छलफल गर्नुभएको छ ।
छलफलको क्रममा भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई सहित होटल व्यावसायीहरुले पर्यटकीय केन्द्र भेडेटारको होटल व्यावसायी चर्को मारमा परेकाले यहाँको होटल व्यावसाय सञ्चालन गर्ने वातावरण बनाउन सवैले सहयोग गर्न आवश्यक रहेको वताएका थिए ।
छलफलकै क्रममा धनकुटा उद्योग वाणिज्य संघ अध्यक्ष राईले संघको तर्फवाट कोरोना भाईरसवाट सूरक्षित रहनका लागि सूरक्षित समाग्री र रोग प्रतिरोधात्मक क्षामता बढाउने औषधी समेत वितरण गर्नुभएको थियो ।


