धनकुटामा अनलाईन कक्षा सहित सवै वैकल्पिक पठनपाठन आजबाट वन्द
धनकुटा खबर । आजबाट धनकुटा जिल्लाका नीजि विद्यालयले सञ्चालन गर्दै आएका अनलाईन कक्षा सहित सवै वैकल्पिक पठनपाठन वन्द गरिएको छ ।
विद्यालय सञ्चालनका लागि सरकारले उपयुक्त वातावरण नवनाएको भन्दै वैकल्पिक पठनपाठन वन्द गर्ने भनि निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले वुधवार संयुक्त रुपमा विज्ञप्ती जारी गरे अनुसार नै आजदेखी यहाँका नीजि विद्यालयहरुले अनलाइन कक्षा लगाएत वैकल्पिक पठन पाठन स्थगित गरेको प्यव्सन धनकुटाका अध्यक्ष प्रेम लिम्वुले वताउनुभयो ।
यसअघि आफुहरुले विद्यालय सञ्चालनका लागि उपयुक्त वातावरण वनाउन, नीजि विद्यालयहरुलाई केही सहुलियत दिन सरकारको ध्यानाकर्षण गराएको भए पनि यी विषयमा सरकारले ध्यान नदिएकाले वैकल्पिक पठनठान वन्द गर्नु परेको उहाँले वताउनुभयो । वैकल्पिक पढाई वन्द भए सँगै जिल्लाका नीजि विद्यालयमा कार्यरत अढाई सय वढी शिक्षकलाई अनिश्चित कालका लागि वेतलवि विदा दिईएको उहाँको भनाई छ ।
प्याव्सन धनकुटाका प्रमुख सल्लाहकार ज्ञान वहादुर गुरुङका अनुसार यहाँका ४६ वटा नीजि विद्यालयहरु मध्ये ९० प्रतिशत बढीले विद्यार्थीहरुको पठनपाठन सहजताका लागि वैकल्पिक शिक्षा सञ्चालन गरिरहेका थिए ।
शिक्षा मन्त्रालयले असार १ गते देखी अनलाईन लगाएत वैकल्पिक माध्यबाट पढन पाठन शूरु गराउन निर्देशन दिए वमोजिम निजी विद्यालयहरुले अनलाइन, टेलिभिजन र रेडियोवाट पढन पाठन गराउन शूरु गरेका थिए ।


