असार महिनामा धनकुटामा भएका केही घटनाहरु…
धनकुटा खबर । वनझाक्री पार्कमा बिवाद

महालक्ष्मी नगरपालिकामा निर्माण भएको वनझाक्री पार्क उद्घाटन गर्न खोज्दा विवाद देखिएको छ । प्रदेश १ सरकारको लगानीमा निर्मित उक्त पार्क तोकिएको समय भन्दा ६ महिना अघि सकिए पनि हस्तान्तरण नै नगरी उत्घाटन गर्नखोज्दा बिवाद देखिएको थियो । सरकारको २ करोड, ८३ लाख, ७९ हजार ६ सय ५५ रुपयाँ लगानीमा बनेको हो । नगरपालिकाका प्रमुख पर्शुराम नेपाले उद्घाटन गर्ने कार्यक्रम भएपनि प्रदेश सभाका विधायन समितिका सभापती इन्द्रमणी पराजुलीले आफुले उद्घाटन गर्ने भन्दै बिवा द भएको बताईएको छ ।
वैंकहरुलाई धनकुटामा वहिस्कार गरिने

धनकुटाका उधोगी व्यावसायीहरुले धनकुटाका बैकहरु बहिष्कार गर्न प्रदर्शन गरेकाछन् । ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद सार्न माग गर्दै धनकुटा उद्योग बाणिज्य संघको नेतृत्वमा प्रर्दशन थालिएको हो । राष्ट्रिय बाणिज्य बैक धनकुटा शाखा लगायत विभिन्न धनकुटा वजारमा रहेका बैकहरुमा धर्ना दिई नेपाल राष्ट्र वैंकका गर्भनरलाई उनीहरुले ज्ञापन पत्र पठाएका छन् । आफ्ना माग पुरा नभएसम्म धर्ना, घेराउ गर्ने र बैकलाई धनकुटाबाट वहिस्कारसम्म गर्ने सक्ने चेतावानी संघले दिएको छ ।
डुबेर महिलाको मृत्यु
धनकुटाको चौबिसे गाउपालिका वडा नं.२ मा एक ३२ बर्षिया महिलाको पानीमा डुबेर मृत्यु भएको छ । विहान हिड्नेक्रममा चिप्लिएर सिंचाईको लागि खनिएको आकासे पोखरीमा डुब्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
सती प्रथा सय बर्ष पुरा

सती प्रथा अन्त्य भएको १०० वर्ष पूरा भएको दिनको अवसरमा मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाले छलफल कार्यक्रम गरेको छ । “हामी वाँचेका छौ” भन्ने मूल नाराका साथ “एकल महिलाहरुको समस्या र वर्तमान अवस्था” विषयक कार्यक्रम माथि छलफल कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा सांसद राजेन्द्र कुमार राई र पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लिले आफ्ना बिचार राख्नुभएको थियो ।
घरभाडा छुट गर्ने घरधनीलाई सम्मान

लकडाउनको समयमा घर भाडा छुट गर्ने धनकुटाका ७६ जना घरधनीहरुलाई सम्मान गरिएको छ । धनकुटाका व्यापारी तथा व्यावसायीहरुलाई आर्थिक संकट परेको वेलामा घर भाड छुटगरी महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गरिएको हो । उनीहरुलाई उद्योग बाणिज्य संघ धनकुटाले एक सम्मान कार्यक्रम गरी दोसल्ला र खादा ओढाएर सम्मान गरिएको थियो ।
१ करोड, ३१ लाख राहत

धनकुटा र तेह्रथुम जिल्लाका फर्म तथा सहकारीहरुले १ करोड, ३२ लाख रुपयाँ राहात पाउने भएका छन् । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्र्रदेश नं.१ बिराटनगरको कोभिड–१९ प्रभाव न्यूनिकरण गर्ने कृषि व्यवसाय राहात कार्यक्रम अन्तर्गत उक्त राहत दिन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा अन्तर्गत सम्पर्क केन्द्र तेह्रथुम र धनकुटाको कृषि व्यवसाय राहात कार्यक्रम संचालन गर्न जिल्ला स्तरमा रहेको राहात तथा ब्याज अनुदान सिफारिस समितिको वैठकले यस्तो सिफारिस गरेको हो ।
जस अन्तर्गत तेह्रथुम जिल्लाका लागी बोइलर कुखुरा राहात कार्यक्रम ९ वटालाई ४ लाख, ३५ हजार, १ सय, ५० रुपयाँ, बंगर राहात कार्यक्रम १ वटालाई १३ हजार, ५० रुपयाँ, दुघ उत्पादन राहात कार्यक्रम ८ वटालाई २९ लाख, ९४ हजार, ५ सय २० रुपयाँ र दुग्ध पदार्थ बिक्री राहात कार्यक्रमको लागी ४ लाख, २५ हजार रुपयाँ सिफारिस गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले बताए ।
त्यसैगरी धनकुटा जिल्लामा दर्ता रहेका फर्म तथ सहकारीहरु मध्ये बंगुर राहात कार्यक्रम छथरजोरपाटी–१ का मोहन लिम्बुलाई ६ हजार, ब्रोईलर कुखुरा राहात कार्यक्रमको लागी जम्मा १३ वटाको लागी ९ लाख, १५ हजार, ४० रुपयाँ, बंगुर राहात कार्यक्रम १ जनालाई ६ हजार, दुध उत्पादन राहात कार्यक्रम ५० जनालाई ६६ लाख, ९५ हजार, ३ सय ७३ रुपयाँ, दुग्ध पदार्थ बिक्रि राहात कार्यक्रमको लागी १४ वटालाई १६ लाख, १ सय रुपयाँ गरी जम्मा १ करोड, ३० लाख, ९० हजार, २ सय ३३ रुपयाँ राहात पाउने प्रमुख ढुङ्गानाले जानकारी दिएका छन् ।
मेसिन वितरण

धनकुटाको महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाले कृषकहरुलाई मेसिन तथा आवश्यक कृषि सामाग्रीहरु वितरण गरेको छ । कृषकहरुलाई कृषिमा आर्कषित गर्दै कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले नगरका केही कृषि फर्म तथा कृषकहरुलाई ५ थान मकै रोप्ने मेसिन, १२ वटा मिनी टिलर, ५ वटा डिजिटल आधुनिक काँटा, ३ वटा स्प्रे र ३१ थान त्रिपाल वितरण गरिएको छ ।
परम्परागत कृषि खेती प्रणालीले श्रम बढी र उत्पादन कम हुने भएकाले कृषकहरुको आयआर्जनमा बृद्धि गर्न कृषि औजारहरु वितरण गरिएको महालक्ष्मिका नगर प्रमुख पर्शुराम नेपालले बताए ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिकाले प्लाष्टिकको टनेल ५० प्रतिशत मुल्य अनुदानमा वितरण गरेको छ । टनेल खरिद गरी कृषक समुह र व्यक्तिगत फर्महरुले माग गरेको आधारमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।
एमसिसि विरुद्ध नारावाजी

अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन ९ःऋऋ० सम्झौताका विरुद्ध धनकुटामा नागरिक समाजले विरोध जनाएका छन् । नागरिक समाज धनकुटाको आयोजनामा मंगलवार मदनचोकमा भेला भएर नारावाजी सहित वजारको विभिन्न भागको परिक्रमा गर्दै एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गरेका हुन । उनीहरुले गो व्याक एमसिसि, राष्ट्रघाती एमसिसि खारेज गर, देश वेच्न पाईन्दैन, सम्पुर्ण देशभक्त राष्ट्रवादी नेपाली जनता एक हौं लगायतका नारा लगाउँदै धनकुटा वजार परिक्रमा गरेका थिए ।
विधेयक विरुद्ध कर्मचारी आन्दोलित्

सरकारले ल्याएको संघिय निजामती विधेयक विरुद्ध धनकुटाका निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, धनकुटाको अगुवाईमा उनीहरुले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत १७ वुँदे मागपत्र सरकारलाई पठाएका छन् । राष्ट्रसेवक कर्मचारीहरुको सहमती र स्विकृति विपरित निजामती कर्मचारी संयन्त्र ध्वास्त पार्ने नियतले राज्य व्यवस्था समितिबाट प्रस्तावित गरिएको उनीहरुको असहमति रहेको छ ।
शहरी विकास कार्यालयमा तालावन्दी

समयमा भुक्तानी नगरेको भन्दै कोशि पहाडका निर्माण व्यवसायीहरुले प्रदेश लेखा इकाई कार्यालय धनकुटा र शहरी विकास तथा भवन कार्यालय धनकुटामा मंगलवार तालावन्दी गरि दिएका छन् । उनीहरुले काम लगाउने तर असार मसान्त सकिन लाग्दा पनि आफुहरुले पाउनु पर्ने रकम भुक्तानी नगरेको भन्दै तालावन्दी गरेका हुन । दुवै कार्यालयमा निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी र निर्माण व्यवासायी महासंघका केन्द्रिय सदस्य यज्ञ खतिवडाले ताला लगाई दिएका हुन् ।
टेलिकमको चोरिमा कर्मचारी पक्राउ
साईबर अपराध गरेको आरोपमा धनकुटा स्थीत शहरी विकास तथा भवन निर्माण प्रदेश कार्यलयमा कार्यरत कम्पूटर अपरेटर सहित तीन कर्मचारीलाई सिआईवि टोलेलीले वुधवार पक्राउ गरेको छ । काठमाडौंबाट आएको सिआईवीको टालेलीले शहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटामा कार्यरत कम्प्यूटर अपरेटर दिवाकर देउजा, सव–इन्जिनियर अभिषेक आचार्य र कार्यलय सहयोगि प्रेम भूजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक गोविन्द अधिकारीले बताएका छन् । नेपाल टेलिकम केन्द्रिय कार्यलय काठमाण्डौंको उजुरीमा सिआईवीको टोलीले पक्राउ गरेका तीन मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यलय धनकुटाको निगरानीमा तारीखम हाँजिर हुने गरी छोडिएको छ भने अपरेटर देउजालाई काठमाण्डौं लगिएको प्रहरी प्रमुख अधिकारीले बताए ।
पक्कि सडक उद्धघाटन

धनकुटा नगरपालिका वडा नं.५ मा निर्माण कार्य सम्पन्न गरिएको पक्कि सडकको समुद्धघाटन गरिएको छ । १ नम्वर प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको ४५ लाख आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको पक्कि सडकको एक समारोहको विच समुद्धघाटन गरिएको हो ।
तीन सय ७० मिटर लामो दुरीको पक्कि सडक धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रजिअ केशव प्रसाद विमली, उप–प्रमुख शकुन्तला वस्नतेले संयुक्त रुपमा रिवन काटेर समुद्धघाटन गरेका हुन् ।
साकेला पार्कसंगै राहत

साँगुरीगढी गाउँपालिकामा पर्ने लेउती फेदी जलधार क्षेत्रलाई पर्यटकिय गन्तव्य वनाउन साकेला पार्कको समुद्धघाटन गरिएको छ । साँगुरीगढी गाउँपालिका वडा नं.१ लाबरबोटे स्थित् इन्द्रेणी पुल नजिकै नवनिर्मित साकेलापार्क, सिंहदेवी थानी मन्दिरको प्रदेश सांसद आर्सी तुम्बाले एक समारोहको विच समुद्धघाटन गरेका हुन् ।
सांसद तुम्वाको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको १० लाख, रुपयाँ र २ लाख, ५७ हजार, ६ सय ६२ रुपयाँ जनश्रमदान सहित १२ लाख, ५७ हजार, ६ सय ६२ रुपयाँ कुल लागतमा साकेला पिकनिक स्थल, साकेलापार्क, सिंहदेवी थानी मन्दिरको कम्पाउण्ड र सिंहशिला पैदल हिडेर पुग्न पहुँचमार्ग निर्माण गरिएको हो । सो अवसरमा लकडाउनले संकटमा परेको खोला मजदुरहरुलाई राहात वितरण गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आर्थिक सहयोगमा सो क्षेत्रमा कार्यरत ६९ जना घरधुरीका मजदुर परिवारलाई राहात वितरण गरिएको हो । राहात स्वरुप मजदुर परिवारलाई १ वोरा २५ केजीको चामल, १ केजी दाल, १ केजी नुन्, १ लिटर खानेतेल लगायतको सामाग्री वितरण गरिएको समितिका अध्यक्ष बलवहादुर राईले बताए ।


