अबिरल बर्षाका कारण धनकुटामा जनजीवन प्रभावित, ठाउँ ठाउँमा पहिरो खस्यो
धनकुटा खबर, ५ साउन । हिजो देखि परेको अबिरल बर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
ठाउँ ठाउँमा पहिरो खसेका कारण ग्रामिण सडक अवरुद्ध भए पनि अहिले सम्म मुख्य राजमार्गमा यातायत संचालन भई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनु भयो ।
केहि घरहरु पहिरोको जोखिममा रहेको भए पनि अहिले सम्म धनकुटामा मानविय क्षति भने नभएको उहाँको भनाई थियो । कोशी करिडोर हुदै पाँचथरबाट आएको बोलेरोलाई पहिरोले पुरेको भए पनि केहि समय अघि पहिरोबाट निकालि सकिएको प्रहरीले जनाएको छ ।


