धरान-धनकुटा राजमार्गमा गर्जुवा र लेउतीको बितण्डता, गर्जुवा बस्तिनै जोखिममा (भिडियो सहित)

धनकुटा खबर । अविरल बर्षा कारण धरान धनकुटा राजमार्ग सडक खण्डको गर्जुवामा हरेक बर्षझैं सोमबार पनि बाढी र पहिरोले सडक अवरोध भएको छ ।

गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताउनु भयो । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग नै अवरुद्ध हुने गरेको हो ।

सडक डिभिजन कार्यालय धनकुटाको करिव २ घण्टाको सफाई पछि बाटो खुलेको थियो । कुनै मनविय क्षति नभएपनि गर्जुवाका करिव आधा दर्जन घरहरु पहिरो र बाढीको जोखिममा परेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।