त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिनुभयो ।

स्थगित परीक्षा दशै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।यसैवीच, विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ ।

विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।गोरखापत्र

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।