वर्षातका कारण हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन जिप्रका धनकुटाको अनुरोध

धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले जिल्लावासीलाई वर्षातका कारण हुन सक्ने सम्भावित भूक्षय,बाढी, पहिरोको जोखिमबाट सतर्क रहन सचेत गराएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै जिल्लावासीलाई भूक्षय,बाढी, पहिरोबाट शतर्क रहन सचेत गराएको हो ।

नेपाल सकरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा साउन ११ गते हिजो प्राप्त पत्र अनुसार आज देखी १४ गते सम्म तीन दिन भारी वर्षा भई खोला तथा नदी जन्य पानीको वहाव वढी भू क्षय,बाढी, पहिरो,सडक, यातायात प्रभावित हुन सक्ने सम्भावना भएको भनि जल तथा मौषम विज्ञान विभागले पूर्वानुमान गरेको हुँदा जिल्लावासी र खोला नदीको छेउछाउ वसोवास गर्ने सवैले भारी वर्षातको कारण हुन सक्ने जोखिमबाट वच्न उच्च सूरक्षा शर्तकताका साथ रहन जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।