आज धनकुटाले हरिराज खेवालाई सम्झने दिन !

धनकुटा खबर । आज धनकुटाका कम्युनिष्टहरुले स्व.हरिराज खेवालाई सम्झेका छन् । अर्थ राज्य मन्त्री भएको बेला ४ बर्ष अघि आजकै दिन धनकुटाको सिधुवामा १४ जनाको ज्या,न जानेगरी भएको बस दु,र्घट,नामा उनको दुःखद नि,धन भएको थियो ।

हरिराज खेवा स्मृति प्रतिष्ठानले आज एक स्मृति कार्यक्रम गरी उनको योगदानको सम्झना गरेका छन् । प्रतिष्ठानका अध्यक्ष बिष्णु पारघरी लिम्बुको अध्यक्षतामा नेकपा धनकुटाका बरिष्ठ नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका सचिव अर्जुन राई र प्रतिनिधी सभा सदस्य राजेन्द्र कुमार राईले स्व खेवाको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा प्रदेश सभासद्द्वय निरन राई र ईन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग,उपभेयर सकुन्तला बस्नेत लगाएतको उपस्थिति रहेको थियो ।

स्व खेवाको नाममा २०७३ मा दर्ता भएको प्रतिष्ठानले १ लाख बराबरको अक्षकोष निर्माण गरी बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको प्रतिष्ठानकी संरक्षक तथा खेवाकी पत्नी गिता गुरुङ्ग(खेवा)ले जानकारी दिईन् ।

पूर्व नेकपा एमालेको बिद्यार्थीबाट आफ्नो राजनिति यात्रा शुरु गरेका खेवाले पछिल्लो समयमा प्रर्व नेकपा माओवादीका तर्फबाट पहिलो संविधानसभा सदस्य भई अर्थराज्य मन्त्री भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।