बर्षाको कारण धनकुटाका विभिन्न स्थानमा क्ष ति – हेर्नुहोस् कहाँ-कहाँ के भयो ?

धनकुटा खबर । अविरल बर्षाको कारण धनकुटाको विभिन्न तीन स्थानमा सडक, ६ वटा घर, ९ वटा विजुलीको पोल, एक शौचालय, जिल्ला प्रहरी कार्यलयको एक क्याण्टिन, जिल्ला अस्पतालको कर्मचारीले प्रयोग गर्दैआएको एउटा कोठा, र एउटा ग्यारेजमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

साउन १२ गते राती देखि परेको वर्षातको कारण उल्लेखित क्षति भएको हो । प्रहरीका अनुसार साउन १३ गते कोशी लोक मार्गको धनकुटा नगरपालिका १० पात्ले, धनकुटा नगरपालिका वडा नं ३ भाषा स्कूल नजिक र वडा नं ४ सल्लेरीमा सडक माथिबाट पहिरो र रुख झरी बाटो अबरोध भएको थियो । अवरुद्ध सडक सम्वन्धित कार्यलय र जिल्ला प्रहरी कार्यलयका प्रहरीको समन्वयमा पहिरो तथा रुख हटाई एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

त्यस्तै धनकुटा ६ औधोगिकग्राम, धनकुटा बहुमुखी क्याम्पस गेट अगाडी, सरस्वती चौक र धनकुटा ७ स्थित घुमाउने चौतारी स्थितको हाईवे तथा भित्रि सडकको साईडमा रहेको ९ वटा बिजुलिको पोल समेत बाङ्गिएर तार भुईमा झरेको जानाईएको छ । यहाँ बिधुत अफिसलाई खबर गरी बनाउन भनिएको छ । भने बर्षाको कारण जिल्ला धनकुटा नगरपालिका ६ कचिडेका कैलाश रायको ढुङ्गा माटोले वनेको टिनको छानो भएको घरमा माथिबाट पहिरो झरी घरको उत्तर पटिको वाल चर्किएर हिलो र धमिलो पानी समेत घर भित्र पसेको पाईएको छ ।

त्यस्तै धनकुटा ४ देव्रेबासका रमेश चन्द्र अधिकारीको घर माथीबाट पहिरो झरि टिनको छानो र टाटी बेरा भएको भान्सा घर भत्किएर १० हजार बराबरको क्षति भएको छ भने खाने पानी जम्मा गर्ने सिमेन्टको पक्कि ट्यांकी समेत पुरिएको छ । त्यस्तै धनकुटा ७ सिरवानीकी कमला राईको घर माथि बाट पहिरो झरी घरको पुर्व पटिको झ्यालको सिसा फुटेर क्षति पुगेको छ ।

वर्षाको कारण जिल्ला प्रहरी कार्यलय धनकुटाको परिसरमा रहेको सवारी साधन राख्ने ग्यारेजको एक पट्टीको वाल भत्किएको र ग्यारेज भित्र राखिएको ४ वटा मोटर साईकल पुरिएको छ । पुरिएका मोटरसाईकल निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यलय परिसर भित्रै रहेको प्रहरी क्यान्टिन माथि रहेको सुकेको रुख लडि क्यान्टिनको टिनको छानो समेत रुखले किचि क्षति पुगेको छ ।

उता धनकुटा सांगुरीगढी गाउपािलका ६ सिम्सुवा स्थित भित्रि कच्चि सडक खण्डमा को १ ज १५४४ नं को किराना सामान बोकेको बलेरो गाडी बिग्रिएर सिम्सुवा खोला किनारमा रोकि राखेको अवस्थामा खोलामा बाढी आई गाडी पल्टिएकोजनाईएको छ । पल्टिएको गाडी ईलाका प्रहरी कार्यलय भेडेटारबाटखटिएको प्रहरी टोलिले उठाइ साईड लगाएको छ ।

त्यस्तै धनकुटा ५ स्थित ऐलानी जग्गामा रहेको कोपिला राईको टिनको छानो, टिनकै बेरा भएको घर माथिबाट पहिरो झरि घर जोखिममा परेको छ । धनकुटा ७ जिरोप्वान्ट नजिकै रहेको तारा राईको सिमेन्ट र ईट्टाले बनेको टिनको छानो भएको शौचालय पहिरोको कारण भत्किन गई पानीले बगाई ६० हजार बराबरको क्षति भएको छ । शौचालय बग्ने क्रममा सोही स्थानकी धनमाया राईको घरको पूर्वपट्टीको साईडमा रहेको घरको पेटि, सुगुरको खोर र खाना पकाउने किचन समेतमा माटो थुफ्रिएर सामन्य क्षति भएको छ ।

धनकुटा ४ स्याउलेका ५२ वर्षका देबेन्द्र प्रसाद तामाङको घर माथि कच्चि बाटो चिरा परी ढुङ्गा माटोले बनेको टिनको छानो भएको, दुई तले घर जमिनमा भाँसिएर जोखिम वढेको छ । भने धनकुटा ५ तल्लो कोप्चे बस्ने श्रीकृष्ण प्रधानको ढुङ्गा माटोले बनेको, टिनको छानो भएको, अढाई तल्ले घरको ३ वटा कोठा चर्किएर जोखिम भएको छ ।

यता जिल्ला अस्पताल धनकुटाको कर्मचारीले दाउरा राखेको इटाको गाह्रो,टिनको छानो भएको एउटा कोठा पहिरो सहित झरि क्षति पुगेको प्रहरीको भाई छ । यी घटनाहरुमा कुनै मानविय क्षति नभएको जनाईएको छ । पहिरोको जोखिममा परेका पविारलाई आफन्त र सूरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।