अब धनकुटामा माक्स नलगाई हिँडे १ महीनासम्म कैद वा रु १०० जरिबाना !
धनकुटा खबर । आजबाट धनकुटामा माक्स नलगाई हिड्नेलाई जरिवाना तथा कैद सजाय सम्मको कारबाही गरिने भएको छ ।
कोरोना भाइरस कोभिड १९ को जोखिम नहटेको र कोरोनाको जोखिम लाई कम गर्न संक्रमक रोग ऐन २०२० को प्रयोग गरि कारबाही गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।
हिजो सम्म माक्श नलगाउने लाई माक्श लगाउन अनुरोध गर्ने कार्य सुर,क्षाकर्मीले गरेको तर आज बाट भने माक्श नलगाई हिड्ने लाई सुरक्,षाकर्मीले भेटे प,क्राउ गरि कारबाहीको दायरामा लगिने प्रमुख जिल्ला अधिकारीको भनाई थियो ।
यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १०० सम्म जरिबाना वा दुवै सजाय हुनेछ भने यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६०० सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।


