‘अपांगको कोटामा नेताका सपांग जागिरे’ : गाऊपालिकाले भन्यो- दृष्टिबिहिनको कोटा सुरक्षित छ

धनकुटा खबर । अपांङ्ग शिक्षक कोटामा अनियमितता गरी सपाङ्ग आफन्तलाई जागिर खुवाएको भन्दै दृष्टिबिहिन जिल्ला कार्यसमितिले बिरोध जनाएपछि शहिदभूमि गाउँपालिका धनकुटाले दृष्टिबिहिन महिलाको अधिकार सुरक्षित रहेको प्रष्ट पारेको छ ।

यस बिषयमा गाउँपालिकाका अध्यक्ष मनोज राईले भने बिद्यालयले पटक पटक गरेर ३ पटक सम्म सूचना जारी गरेपनि आवेदन नपरेको भनेर खुला प्रतिष्प्रधाका लागि अनुमति मागेको जानकारी दिए । ‘गाउँपालिकाले दृष्टिबिहिन महिलाको कोटा सुरक्षाका लागि अनुमति दिएनौ तर चौथो पटक भने दृष्टिबिहिन महिलाको अधिकार सुरक्षित राखेर अनुमति दिएका हौ ।’–उनले भने ।

पहिलो पटक १५ दिने र त्यसपछि ७÷७ दिनको सूचना जारी गर्दापनि दृष्टिबिहिन महिलाको दरखास्त नपरेको जानकारी पछि खुला प्रतिष्प्रधामा बिद्यालयले शिक्षक नियुक्ति गरेको उनको भनाई छ ।‘दृष्टिबिहिन महिलाहरु कुनै पनि बेला आएमा उक्त कोटामा गाउँपालिकाले राहत कोटामा नियुक्ति गर्ने कोटा सुरक्षित राखेको छ’–अध्यक्ष राईले धनकुटा खबरलाई जानकारी दिए ।

यो पनि हेर्नुहोस् – धनकुटामा अपांगको कोटामा ‘नेताका सपांग’ जागिरे !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।