कारबाही सूरु भएसंगै धनकुटामा बढ्यो मास्कको प्रयोग
धनकुटा खबर । धनकुटामा मास्क नलगाई हिड्नेलाई स्थानिय प्रसाशनले जरिवाना गर्न थाले संगै मास्क प्रयोग गर्नेको संख्या बढेको छ ।
धनकुटामा मास्क नलगाई हिड्नेलाई स्थानिय प्रसाशनले कारबाहि सुरु गरेपछि मास्क लगाउनेको संख्या बढेको हो । कोरोना भाइरस कोभिड १९ को जोखिम नहटेको र कोरोनाको जोखिमलाई कम गर्न स्थानिय प्रसाशनले कारबाही साउन १५ देखि मास्क नलगाउनेलाई संक्रमक रोग ऐन २०२० को प्रयोग गरि कारबाही सुरु गरेको थियो ।
यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००. सम्म जरिबाना वा दुवै सजाय हुनेछ भने यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६०० सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।


