स्किल क्याम्पसद्वारा इटहरीका पत्रकारलाई सहयोग

इटहरी । इटहरीस्थित स्किल क्याम्पसले इटहरीका पत्रकारहरुलाई स्वास्थ्य तथा अन्य आवश्यक सामाग्री वितरण गरेको छ ।

पत्रकार महासंघ सुनसरीको समन्वयमा इटहरी क्षेत्रमा सक्रियतापूर्वक रिपोर्टिङ गर्ने ३५ भन्दा बढी पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । सँगै पत्रकारीताको लागि आवश्यक ब्याग, मास्क, स्यानेटाइजर, डायरीलगायत सामाग्रीहरुसमेत वितरण गरेको स्किल क्याम्पसका प्रमुख पृथ्वी पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणका जोखिमबिच सक्रियतापूर्वक खट्ने पत्रकारहरुलाई सामाग्री दिइएको उनले बताए । यस्तै क्याम्पसले पत्रकार महासंघलाईसमेत मास्क, स्यानेटाइजरलगायतका सामाग्री उपलब्ध गराएको छ ।

केही दिनअघि मात्र क्याम्पसले इटहरी अस्पताललाई एक लाख रुपैया भन्दा बढी रकमको पीपीइलगायत स्वास्थ्य सामाग्री दिएको थियो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुनसरी सचिव हिमाल दाहालले समाजको लागि जोखिमबिच काम गरिरहेका पत्रकारहरुलाई सामाजिक संस्थाले गरेको सहयोग प्रसंसनीय रहेको बताए । उनले जोखिमका बिचमा पनि सतर्कताका साथ आफ्नो भूमिका निभाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

इटहरीमा स्थापित स्किल क्याम्पसले होटल मेनेजमेन्टका कक्षाहरु सञ्चालन गरिरहेको छ । विभिन्न छोटो अवधिका तालिमहरुसँगै तीन वर्षदेखि प्लस टुसमेत सञ्चालन गरेको छ । क्याम्पसमा अध्ययन गरेका कतिपय विद्यार्थीहरु नेपाल तथा विदेशका विभिन्न स्तरीय होटलहरुमा काम गरिरहेका छन् ।

क्याम्पस सञ्चालन गरिरहेको समुहले इटहरीमा गोक्यो स्कुलसमेत सञ्चालन सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।