देउसी-भैलो खेलेको पैसाले मास्क बितरण !

कबिराज घिमिरे, धनकुटा । आक्मालुङ्ग युवा क्लब हिलेले धनकुटाको हिले बजारमा मास्क बितरण गरेको छ । मास्क लगाउदा कोरोना रोकथाम गर्न सकिन्छ भन्ने सन्देश दिदै हिले हटिया तथा हिले बजारमा बितरण गरिएको हो ।

धनकुटा नगरपालिका वडा नम्बर एकका बडाध्यक्ष निरन तामाङ्गको उपस्थीतिमा उनिहरुले मास्क बितरण कार्यक्रम गरेका थिए । तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको रकम मास्क बितरणमा खर्च गरिएको क्लबका सचिब उत्सब राइले जानकारी दिनुभयो ।

सो क्रममा बिभिन्न क्षेत्रमा कार्यरत मजदुर, ब्यापारी कृषक तथा बजार भर्न आएका ब्याक्तिलाइ बितरण गरिएको थियो । करिब ६ सय ब्याक्तिलाइ मास्क बितरण गरीएको जानइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।