धनकुटाको आँखिसल्लामा पहिरोले घर बगायो
धनकुटा खबर । धनकुटाको शहिदभूमि गाँउपालिका वडा नं ६ आँखिसल्लामा पहिरोले एक घर बगाएको छ । सो गाँउपालिकाको वडा नं ६ का मान बहादुर राना मगरको ढुंगा, माटो र फुसको छाना भएको १ तले घर आज मध्यान्न साढे १२ वजे तिर वर्षातको कारण पहिरो जादाँ घर बगाएको प्रहरीचौकी आखिसल्लाले जनाएको छ ।
घर भित्र रहेको अन्नपात लत्ताकपडा, नगद रु १५ हजार, १ तोला सुन, २ तोला चादी सहित ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहिरोले घर वगाएपछि विचल्लि भएका पीडित परिवारलाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
परिवारमा श्रीमान र श्रीमति दुई जना रहेकाछन् । घट्ना स्थल आखिसल्ला प्रहरी चौकी देखि पूर्व २ किलो मिटर टाढा पर्दछ ।


