धनकुटामा एक जनालाई कोरोना संक्रमण पुष्टी
धनकुटा खबर । धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको छ । कुवेतबाट आएका धनकुटा नगरपालिका वडा नं. २ का ३२ बर्षिया पुरुषमा संक्रमण पुष्टि भएको हो ।

धरान स्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी हाल धनपा ६ स्थित औधोगिक ग्राममा बनाईएको क्वारेन्टाईनमा रहेका छन् ।


