धनकुटाका सभासद् दम्पतीलाई कोरोना संक्रमण
धनकुटा खबर । धनकुटाका सभासद् दम्पतिलाई कोरोना भएको छ । प्रदेश समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठ (जुली) श्रेष्ठ र उनकी पति नयन श्रेष्ठलाई कोरोना पोजेटिभ भएको हो ।
धनकुटा नगरपालिका ३ स्कुलडाँडा घर भएका दमपती हाल ईटहरी बस्दै आएका छन् । सभासद् श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा आफूहरुलाई २४ गते आएको स्वाब परिक्षटाबाट कोरोना भएको जानकारी दिएकी छन् ।
एक हप्ता अघि सम्पर्कमा आउने सबैले स्वाब परिक्षण गरेर सुरक्षित रहन उनीहरुले अनुरोध गरेका छ । धेरैजनासँग जनसम्पर्क भएका उनलाई कोरोना भएपछि अहिले धनकुटामा त्रा,स छाएको छ ।



