धनकुटा नगरका धेरै क्षेत्र ‘निषेधित क्षेत्र’ घोषणा !
धनकुटा खबर । जिल्ला प्रसाशन कार्यालय धनकुटाले आज राती १२ बजे देखि धनकुटानगरपालिका केहि क्षेत्रमा निषेधित क्षेत्र घोषण गरेको छ ।
कोरोना संक्रमणको जोखिम लाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा नगरपालिका १, ३, ४, ५, ६ र ७ नम्वर वडामा लागु हुने गरि निषेधित क्षेत्र घोषण गरेको हो ।
साथै जिल्लाका अन्य स्थानमा भने नेपाल सरकारको साउन २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार हुने समेत जनाइएको छ ।



