बर्षाले धनकुटाको ऐतिहासिक टुंडिखेल जोखिममा (भिडियो सहित)

कबिराज घिमिरे, धनकुटा । संरचना बनेको दुई बर्ष पुरा नहुदै धनकुटा स्थीत ऐतिहासिक तल्लो टुडिखेल जोखिममा परेको छ । लगातारको बर्षाकाकारण टुडिखेल परिसरमा निर्माण गरिएको जिल्ला खेलकुद विकास समितीको भवन भासिएको छ । भवन नजिकै रहेको फूटबलको स्तम्भ पनि जोखिममा परेकाले डोजर लगाएर तानिएको छ ।

टुँडिखेलमा निर्माण गरिएको उत्तर तर्फको प्याराफिट पनि भत्कीएको छ । दक्षिण भागको बिभिन्न स्थानमा पहिरोले तानेको छ । यो टुडिखेलमा भबन, मञ्च प्याराफिट, फटबलको स्तम्भ तारबार निर्काणको कार्य दुइ बर्ष पहिले मात्र पुरा भएको थियो ।

धनकुटा नगरपालिका, संसद विकास कोष, राष्ट्रिय खेलकुद परिषदको करिब एक करोड भन्दा बढिको लागतमा यी संरचना बनेको धनकुटा फुटबल संघका अध्यक्ष गोबिन्द राइले जानकारी दिनुभयो ।

देव समसेरको पालामा पहिलो पटक स्थापना गरिएको टुडिखेल पछि २०३० सालमा थप जग्गा अधिग्रहण गरि २०४० सालमा सामान्य प्याराफिट र मञ्च निर्माण गरिएको थियो । पूर्वीक्षेत्रकै प्रतिष्ठित सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप सहित बिभिन्न प्रतियोगिता यहि मैदानमा हुदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖