धनकुटाका स्वाथ्यकर्मीमा कोरोना संक्रमण पुष्टी – थलथले र पिप्ले बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा !
धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिकामा कार्यरत एक स्वाथ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टी भए पछि थलथले र पिप्ले बजार क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
शहिदभूमि गाउँपालिको सिसिएमसीको बैठकले गाउँपालिको केन्द्र रहेको पिप्ले र कर्मचारीहरुको क्वाटर रहेको थलथले बजार लाई निशेधित क्षेत्र घोषणा गरी आवत जावतमा प्रतिबन्ध लगाएकोशहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो भोली संक्रमित व्याक्तिको स,म्पर्कमा आएकाहरुको स्वाव संकलन गरिने र त्यसको रिपोट नआए सम्मका लागि बजार क्षेत्रमा अत्त्यावश्यक काम बाहेक कसैलाई प्रवेश गर्न दिइने छैन् ।


