पाँच दिनपछि भरतपुर अस्पतालमा सेवा सञ्चालन

काठमाडौं, भदौ ५ । चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ।

अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र एक जना सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो।

अस्पतालले आकस्मिक सेवा मात्र दिँदा बिरामी प्रभावित भएका थिए। अस्पतालका सेवा सञ्चालन भएसँगै बिरामी आउन थालेका अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले जानकारी दिए।

गएराति तीन जना प्रसूति गराउने महिलामा समस्या आएपछि अस्पतालबाट सेवा उपलब्ध गराएको सापकोटाले बताए। निजी अस्पतालले नहेरेका र आर्थिक कारणले अन्य अस्पताल जान नसकेका बिरामी सरकारी अस्पताल आउने थालेका छन्। ‘हाम्रो विभागका विभागीय प्रमुखबाहेक सबैको कोरोना नेगेटिभ देखिएपछि हामी उपचारमा जुटेका छौं,’ उनले भने।

बिरामीमा सङ्क्रमण भएमा राख्नका लागि ठाउँ व्यवस्थित गर्न बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अधिकांश चिकित्सक कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

केहिको मात्र रिपोर्ट आउन बाँकी छ। भोलि सम्ममा नतिजा आउने उनको भनाई छ। अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका अधिकांश सेवा शुरु भएको जानकारी दिए। सघन उपचार कक्षमा शुरु भैनसके पनि निर्मलीकरण भै सकेकाले सब सञ्चालान गर्न सकिने उनले बताए।

हाल जिल्लाका अधिकांश निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोना सङ्क्रमितको उपचार गर्न थालिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका पूर्ण पालना गरेर सङ्क्रमितको सरकारी अस्पतालमा उपचार भएकाले बिरामीले डराउनुपर्ने अवस्था नरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउँछन्। भरतपुर अस्पताल प्रसुतीका लागि अग्रणी मानिन्छ। वार्षिक १३ हजार हाराहारी प्रसुतीका लागि अस्पताल आउने गरेको तथ्याङ्क छ। बीमाको सुबिधासमेत भएकाले अस्पतालबन्द हुदाँ बिरामी प्रभावित हुने गरेका छन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।