धनकुटामा निषेधित क्षेत्र घोषणाको पालना प्रभावकारी बनेको छ – प्रजिअ विमली
धनकुटा खबर । कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा जिल्ला भरी लागु हुने गरी जारी गरेको निषेधित क्षेत्र घोषणाको पालना प्रभावकारी रहेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताउँनु भएको छ ।
कोभिड १९ रोगको संक्रमण नियन्त्रण र व्यावस्थापन गर्नका लागि प्रशासनले धनकुटा जिल्लालाई निषेधित क्षेत्र घोषण गरेको छ । प्रहरीले निषेधित क्षेत्र घोषणको पालना गराउन कडाइ गरेकोर सर्वसाधारण नागरीकले समेत नियमको पालना गरेकोले निशेधित क्षेत्र घोषणको पालना प्रभावकारी रहेको प्रजिअ विमलीको भनाइ थियो ।

अत्यावश्यक खाद्ययन्न विक्रि वितरण गर्ने समय विहान ७ बजे देखि १० बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म भने केहि चहल पहल रहेको उहाँको भनाई थियो । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सबैलाई घरमै बस्न समेत प्रसाशनले आग्रह गरिरहेको छ ।


