धनकुटामा पिसिआर मेसिन चाडै स्थापना गरिने – सांसद राई

धनकुटा खबर । प्रतिनीधि सभाका सांसद राजेन्द्र राईले धनकुटामा पिसिआर मेसिन चाडै स्थापना गर्ने वताउनुभएको छ । आज धनकुटामा आयोजित कोरोना भाईरस नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा वोल्दै उहाँले त्यस्तो वताउनुभउको हो ।

राईले धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने समेत वताउनु भएको छ । त्यस्तै १ नम्वर प्रदेश सभाका सांसद निरन राईले प्रदेश सभाबाट चिकित्सक स्वास्थ्य विधेयक पारित गरी धनकुटामा मेडिकल केलेज स्थापना गर्नका लागी धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सांसदहरु लागिपरेको वताउनु भयो । उहाँले धनकुटामा ४० वेडको आईसोलेशन वाड स्थापनाका लागि काम शूरु भएको जानकारी गरउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा धनकुटा उद्योग बाणिज्ष्य संघका अध्यक्ष विजय सन्तोषी राईले कार्यक्रमको उदेश्य प्रकाश पार्दै कोरोना भाईरस दिन प्रतिदिन महामारीको रुपमा फैलदै गएकाले धनकुटामा नै कोरोना भाईरसको उपचार पिसिआर मेसिनको स्थापना,आई सि यू र भेन्टिलेटरको सहितको कोरोना अस्पताल तत्काल स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा धनकुटा अस्पाल विकास समितिका पूर्व अध्यक्ष सुनिल कुमार डंगोल, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ,पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई,पत्रकार नैन विश्वकर्मा,फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले कोरोना भाईरस नियन्त्रण गर्न सवैको सहयोगको भूमिका आवाश्यक रहेको वताएका थिए ।

उनिहरुले जिल्लामा मेडिकल कलेज स्थापना गर्न र समग्र विकासका लागि एकजुट भएर लाग्नु पर्ने भन्दै धनकुटालाई स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्नु पर्नेमा समेत जोड दिएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले प्राविधिक जनशक्ति, ल्याव सहित पिसिआर मेसिन र आईसुयू तथा भेन्टिलेटर ल्याउनु पर्ने वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।