६ महिनामा धनकुटाको पाख्रीवास नगरपालिकाका ८८ जना विदेशबाट घर फर्किए

धनकुटा खबर । कोरोना महामारीको वीच ६ महिनाको अवधिमा धनकुटाको पाख्रीवास नगरपालिकाका ८८ जना व्यक्ति विदेशबाट घर फर्किएका छन् ।

गएको फागुन १० गते देखी आज सम्म यस नगरपालिकाका ८८ जना व्यक्ति फर्किएको नगरपलिकाको स्वास्थ्य शाखाको तथ्यांक छ । उल्लेखित संख्या मध्ये २७ जनाको पिसिआर र ६५ जनाको आरडिटि विधिवाट कोरोना परिक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले सम्मको तथ्यांक अनुसार यहाँका ३३ जना होम क्वारेन्टाईन र ५५ क्वारेन्टाईनमा वसेका थिए । अहिले यो नगरपालिकामा भारतबाट फर्किएका एक जना मात्र क्वारेन्टाईमा रहेको पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।