धनकुटाबाट विराटनगर गएका न्यायधीश र चालकमा कोरोना पुष्टी – उनीहरुको स,म्पर्कमा आएका धनकुटेलीको स्वाव संकलन सुरु
धनकुटा खबर । भदौ ८ गते धनकुटाबाट विराटनगर गएका विराटनगर स्थित उच्च अदालतका एक जना न्यायाधीश र उनका सवारी चालकमा कोरोना कोरोना संक्रमण पुष्टि भए पछि उनिहरुको सं,म्पर्कमा रहेका धनकुटाका अन्य व्याक्तिहरुको धनकुटामा आजबाट पीसिआर परीक्षणको लागी स्वाव संकलन सुरु गरिएको छ ।
न्यायधीश र चालकको स,म्पर्कमा आएकाहरुको स्वाव संकलन आज विहान १० बजेबाट सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका निमित प्रमुख तुलसीप्रसाद गुराँगाइले जानकारी दिनु भयो ।
कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोटमा न्यायाधीश र उनका सवारी चालकको मंगलबार साझ कोरोना संक्रमण देखिएको थियो ।


