भोलिदेखि धनकुटामा निश्चित समय पेशा व्यावसाय संचालन गर्न पाईने

धनकुटा खबर, ११ भदौ । जिल्ला प्रसाशन कार्यालय धनकुटाले भदौ ४ राती १२ बजे देखि लागु हुने गरी गरेको धनकुटा जिल्लालाई नै निषेधित क्षेत्र घोषणा यही भदौ १७ गते राती १२ बजे सम्म लाई कायम गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा जिल्ला भरी लागु हुने गरी यही भदौ १७ गते राती १२ बजे सम्मका लागि निषेधित क्षेत्र घोषण थप गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।

कोभिड १९ रोगको संक्रमण नियन्त्रण र व्यावस्थापन गर्नका लागि निशेधित क्षेत्र घोषण गरिए पनि विहान ७ बजे देखि १० बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म स्वाथ्य सर्तकता अपनाई सबै पेशा व्यावसाय भने खुल्न दिने निर्णय भएको प्रजिअ विमलीले जानकारी दिनु भयो ।

तर यो समय बाहेक भने अत्यावश्यकीय सेवा बाहेकका सेवा संचालन हिड डुल लगाएतका कार्यमा रोक लगाइएको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सबैलाई घरमै बस्न समेत प्रसाशनले आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।