अव धनकुटा मै कोरोना संक्रमितको उपचार हुने

धनकुटा खबर । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमित विरामीको उपचार अव धनकुटा मै हुने जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.पुजन विश्वकर्माले वताउनु भएको छ ।

धनकुटा जिल्ला स्तरिय कोभिड-१९ (सिसिएमसि) को बैठकले धनकुटा नगरपालिका वडा नं ६ मा रहेको औद्योगिक ग्राममा २० वटा आईसोलशन वाड स्थापना गरी सञ्चालन गर्ने निर्णय गरे अनुसार त्यहाँ २० वटा आईशोसन वाड स्थापना गरिएको उहाँले वताउनुभयो । अईसोलेशन वाड भाद्र १४ गते आईतवार देखी सञ्चालन गरिने प्रमुख विश्वकर्माको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी एवम् कोभिड-१९ धनकुटा जिल्ला स्तरिय (सिसिएमसि) का अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको बैठकमा संघिय सरकारबाट धनकुटा अस्पतालमा ६ वडा भेन्टिलेटर र ४ वडा आईसियू सहित १० वार्ड स्थापना गर्नका लागि २ करोड र पिसिआर मेसिन खरिद गरी स्थापना गर्न १ करोड रुपैयाँ आएको अस्पतालका प्रमुख डा. विश्वकर्माले जानकारी गराउनुभयो ।

आईसियू र भेन्टिलेटर सहितको वाड स्थापना र पिसिआर मेसिन खरिद प्रक्रिया चाँडै अगाडी बढाईने समेत उहाँले वताउनु भयो । आईसोलेशन वार्ड धनकुटामै स्थापना हुने भएपछि यसलाई अझ साधन स्रोत सम्पन्न बनाउन सवैले सहयोग गर्नु पर्ने भन्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले संघको तर्फबाट पनि सहयोग गरिने वताउनुभयो ।

बैठकमा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान,स्वास्थ्य कर्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई,वरखगण सल्लेरी ब्यारेकका गणपती कर्णेल भगवान थापा मगर,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस.पी गोविन्द्र अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ लगायतको उपस्थिती थियो । यहाँको आईसोलेशन वार्डमा जिल्लाका विरामीहरुलाई उपचारको लागि प्राथमिक्ता दिईने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।