धनकुटामा एकै दिन थपिए यति धेरै कोरोना संक्रमित !
धनकुटा खबर । धनकुटामा आज एकैदिन ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो नै हालसम्मको सबैभन्दा ठूलो संख्या हो ।
संक्रमण पुष्टि हुनेहरुमा १३ जना प्रहरी, नेपाल दुरसन्चार कार्यालयका ४ कर्मचारी, एनआइसी एसिया वैंकका १ जना कर्मचारी र धनकुटा-५ का १ जना सर्वसाधरण रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले धनकुटा खबरलाई बताऊनु भयो । १९ जना संक्रमितलाई नै धनकुटा अस्पतालको आईसोलेसनमा राखेर उपचार गरिदै गरिएको स्वास्थ्य कार्यलयको प्रमुख तुलसी प्रसाद गुरागाईले बताउनु भयो ।
हालसम्म धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ३९ पुगेको छ जसमा पछिल्लो समयका थप ३ जना उपचाररत छन भने १७ जना निको भईसकेका छन् ।


