धनकुटामा निशेधाज्ञालाई थप कडा बनाउने निर्णय

धनकुटा खबर । निषेधाज्ञाको समयमा यसअघि दिनमा दुई पटक खुल्ला गरिदै आएका धनकुटाका औषधि पसल वाहेक दैनिक उपभोग्य सामाग्रीका पसलहरु अव दिनको एक पटक मात्र खोल्न पाईने भएको छ ।

जिल्लाको समूदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि यसलाई थप फैलन नदिन आज राती १२ बजे देखी १७ गते राती १२ बजे सम्म निशेधाज्ञालाई थप कडा बनाउने निर्णय भएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् डिसीसीएमसी का अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको बैठकले कोरोना संक्रमितको पिसिआर नमूनाको रिर्पोट नआए सम्म तीन दिन जिल्लाभरी नै निषेधाज्ञ कडा बनाई लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुटा जिल्लामा दुई हप्ता अघि देखी निषेधज्ञा जारी गरिएकोमा आज वसेको सिसिएमसि को वैठकले १७ गते सम्म अव दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीका पसल विहान ७ बजे देखी १० बजे सम्म एक पटक मात्र खुल्ला गर्ने निर्णय गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

निषेधाज्ञाको अवधिभर बैंक तथा वितिय संस्थाहरुले अनलाईनबाट मात्र काम गर्ने,सकारी कार्यालयहरुले पनि भरसक अनलाईबाट मात्र सेवा प्रवाह गर्ने, अनलाईबाट नभए मात्र अत्यावाश्यक सेवा कार्यालयबाट प्रदान गर्ने, यातयातका साधनह सञ्चालन पूर्ण रुपमा बन्द गर्ने र अत्यावाश्यक काम वाहेक हिडडुल गर्न समेत नदिने निर्णय भएको जिल्ला प्रशान कार्यालय धनकुटाका नासु रत्न दर्लामीले वताउनु भएको छ । यसअघि निशेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य सामाग्रीका पसलहरु विहान र साँझ दुई पटक खोल्दै आईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।