धनकुटामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि

भदौ २४,धनकुटा । धनकुटामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाको चौबिसे गाँउपालिकाका २३ र ४० वर्षका २ जना पूरुष र २२ वर्षकी एक महिलामा कोरना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

अर्का एक जनाकाे भने संक्रमण पुष्टि भएकाे भन्ने जानकारी अाए पनि अन्य विवरण प्राप्त नभएकाे स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे । उहाका अनुसार ती व्यक्ति उपचारका लागि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका थिए । प्रमुख गुरागाइका अनुसार यो संगै जिल्लामा कोरोना संक्रमित संख्या ४४ पुगेको छ ।

यसअघि कोरोना पुष्टि भई धनकुटा अस्पतालको आईसोलेशनमा उपचाररत मध्ये आज नेगेटिभ नतिजा आएका १४ जना डिस्चार्ज भएकाछन् । यो सँगै निको हुनेको संख्या ३४ पुगेको छ । भने सक्रिय संक्रमित संख्या १० जना पुगेकाे छ । उनिहरु सवै उपचाररत रहेकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।