अविरल वर्षाले धनकुटामा एक व्यक्तिकाे घर भ,त्कायो – ७ लाख बराबरकाे क्ष ति
धनकुटा खबर । अविरल वर्षातकाे कारण धनकुटाकाे महालक्ष्मी नगरपालिका ५ राम बजारमा आज एक व्यक्तिकाे घर भ,त्किएर क्ष,ति पुगेकाे छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार वर्षातकाे कारण त्यहाका विजय शाहकाे ढुङ्गा माटाेले वनेकाे टिनकाे छाना भएकाे दुई तले घर भ,त्किदा ७ लाख वरावरकाे क्ष,ति भएकाे हाे ।
लेगुवा प्रहरी चाैकीदेखी उत्तर तर्फ झण्डै १ किलाे मिटर टाढा रहेकाे याे घ,टना स्थलमा अहिले लेगुवा प्रहरी चाैकीका प्रहरी सहायक निरिक्षककाे कमाण्डमा प्रहरी टाेली गएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ । घ,टनामा मानविय क्षति भने भएकाे छैन ।


