धनकुटामा कोरोना संक्रमण पुनः देखियो भन्दै जिल्ला प्रशासनले जारी गर्यो परिमार्जित सूचना
धनकुटा खबर । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ काे संक्रमण धनकुटा नगरपालिका ६ मा फेरि देखिए पछि यसकाे रोकथामाका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले हिजो जारी गरेको निषेधाज्ञालाई आज पून परिमार्जन गरेको छ ।
आज धनकुटामा वसेको डिसिसिएमसिको वैठकद्धारा परिमार्जन गरिएको निषेधाज्ञा अनुसार केशव श्रेष्ठ र रमेश पौडेको घरदेखि पूर्व,कोशी राजमार्ग देखी पश्चिम, महालक्ष्मी होटलदेखि उत्तर, सरस्वती चोक देखी दक्षिण नेपाल टेलिकम धनकुटाको कार्यालय शिल गरिएको छ ।
निषेधित क्षेत्रमा अर्को सूचना जारी नभईञ्जेल सम्म को लागि वैकल्पिक व्यवस्था वाहेक शैक्षिक संस्थामा स्कूल कलेजहरुमा विद्यार्थीहरुको भौैतिक उपस्थिती गराई शैक्षिक संस्था सञ्चालन नगर्न नगराउन भनिएको छ ।
यदि सूचनाको उलंघन गरे संक्रामक रोग ऐन २०२० को दफा ३ ,१ वमोजिम१ महिना कैद वा रु १ सय जरिवाना वा दुवै सजाय हुने तथा दफा ३,२ वमोजि रु ६ सय वा ६ महिना कैद वा दुवै सजाय हुने प्रशासनले जनाएको छ ।
परिमार्जित निषेधित क्षेत्रमा साईबाबा मन्दिर उत्तर क्षेत्र थप गरिएकाे छ ।



