कोरोना प्रभावित धनकुटा शहिदभूमीका किसानलाई राहत वितरण शूरु

धनकुटा खबर । धनकुटास्थित शहिदभूमि गाँउपालिकाका कोरोना प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप करिब एक करोड बराबरको राहत वितरण कार्यक्रम शूरुभएको छ । एसडीसीको आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल धनकुटाको जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत गाँउपालिकाको १८ सय १४ घर धुरी कृषकलाई एक करोड बराबरको कृषीजन्य वीउविजन सामाग्री वितरण गर्न लागिको हो ।

उल्लेखित किसानलाई प्रति किसान ५ हजार ५ सय बराबरको कृषी राहत प्याकेज पर्ने जनाईएको छ । शहिदभूमि गाँउपालिकामा गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा आज बसेको बैठकले जिविकोपार्जन सुधार कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिएको छ । वैठकको सहजीकरण पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मिन प्रसाद सुवेदीले गर्नु भएको थियो ।

वैठकमा कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विकले कृषकहरुलाई टमाटर , काउली बन्द ,सिमि , प्याज ,रायोे साग लगायत तरकारी वालीको वीउ र मल वितरण गर्ने जानकारी दिनुभयो । साथै हात धुने कार्यक्रम अन्र्तगत १ लाख ५० हजार वरावरको ट्यङ्कि वितरण गरिने जनाईएको छ । उहाँले कृषि प्रशिक्षण , कृषि मेसिनहरु हजारी स्प्रे लागायतको समाग्री पनि राहत प्याकेजमा रहेको वताउनुभयो । छलफलमा हात धुने कार्यक्रम मार्फत हरेक वडा तथा विद्यालयमा हजार लिटरको ट्याङिङ्क वितरण गरिन्ने निर्णय भएको बताउनु भयो ।

किसानलाई वितरण गरिन्ने राहात प्याकेजको सामाग्री खरिदका लागि टेन्डर भइसकेको पर्डेप नेपालका कार्यक्रम संयोजक सुवेदिले जानकारी दिनुभयो । कृषकलाई वीउविजन वितरण कार्य दशै अगाडि सम्पन्न गर्ने योजना रहेको गरिवि निवारण परीयोजना करितास नेपालले जनाएको छ ।

कार्यक्रममा बोल्नु हुदै गाउपालिका अध्यक्ष राइले राज्यले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लाई सार्थकता प्रदान गर्न गाँउगाँउ र टोलटोलमा गरिब कृषकहरुलाई राहत वितरण गरिने कार्यक्रम गाँउपालिकाको निति तथा कार्यक्रममा समावेश गरिएको वताउनुभयो । उहाले सरकारी गैहसरकारी राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्था सँग समन्वय गर्दै कृषी क्षेत्रमा आमुल परिवर्तनका लागि सहयोग गर्दै जाने बताउनु भयो ।

कारितास नेपाल र पर्डेप नेपाल संग समन्वय गरी १८ सय १४ घरधुरी कृषकलाई राहत वितरण गर्न लागेको समेत उहाँले स्पष्ट पार्नुभयो । वीउविजन वितरण प्याकेज कार्यक्रमले यस गाउँपालिकामा अहिले वार्षीक ५ हजार मेट्रिकटन टमाटार उत्पादन हुँदा वार्षीक २० करोड भित्रि रहेको र यो कृषि प्याकेज अनुदान कार्यक्रमले थप बढि कृषकले आम्दानि लिन सफल हुने उहाँले बताउनु भयो ।

वैठकमा शहिदभूमि गाँउपालिका उपप्रमुख रत्नेश्वरी राई , प्रशासकीय प्रमुख राजकुमार शाक्य , वडा अध्यक्षहरु ५ नं वडाका माल्सु राम राई , वडा नं २ का रत्न बहादुर राई , कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विक , पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेन्द्र पोख्रेल , पर्डेप नेपाल धनकुटाका कृषी विशेषज्ञ सूर्यप्रसाद साप्कोटा र गाँउपालिकाको कृषी प्रा सा खिर प्रसाद राइ लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।