वजार क्षेत्रको सडक वत्ति मर्मत तथा व्यवस्थापनको माग गर्दै धनकुटाको पाख्रीवासमा प्रर्दशन!

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वजार क्षेत्रको सडक वत्ति मर्मत तथा व्यवस्थापनको माग गर्दै आज पाख्रीवासमा त्यहाँका युवाहरुले विरोध प्रर्दशन गरेकाछन् ।

झण्डै छ सात महिना यता सडक वत्ति नवलेको कारण समस्या भएकोले यसको मर्मत गरि चाँडो वत्ति वाल्नु पर्ने माग गर्दै पाख्रीवास युथ युनाईटेड क्लवको आयोजनामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनको क्रममा युवाहरुले सडक वत्तिको तत्काल मर्मत व्यवस्थापन गर्न स्थानिय सरकार समक्ष माग गरेका छन् । प्रदर्शनमा संलग्न स्थानिय युवा तथा नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलका जिल्ला सदस्य विमल गुरुङ्गले सडक वत्ति मर्मत तथा व्यवस्थापनका लागि तीन महिना अघि पनि हस्ताक्षर अभियान सञ्चालन गरि ५० जनाको हस्ताक्षर नगरपालिकामा वुझाईएको तर त्यसको सुनुवाई नभएपछि प्रदर्शन गर्न वाध्य भएको वताउनुभयो ।

पाख्रीवासका करिव ६० जना युवाहरुले सहभागिता जनाएको प्रदर्शनको क्रममा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सर्तकता अपनाउनका लागि स्थानियलाई मास्क समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖