कोरोना भाईरसविरुद्ध धनकुटा उद्योग बाणिज्य संघको १०४ वटा कार्यक्रम !
धनकुटा खबर । गएको चैत महिनादेखी अहिले सम्म धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरस विरुद्ध १ सय ४ वटा कार्यक्रमहरु सञ्चालन गरेको छ । संघले यो आठ महिनाको अवधिमा विभिन्न प्रचारात्मक सचेतना अभियान देखी स्वास्थ्य समाग्री र राहत वितरणका कार्यक्रमहरु सञ्चालन गरेको हो ।
यो अवधिमा कोरोना भाईरस विरुद्धको अभियान अन्र्तगत प्रचारात्मक सेचना अभियान, स्वास्थ्य समाग्री, रोग प्रतिरोधात्मक क्षामता बढाउने गुर्जो सहित अन्य औषधीहरु वितरण,सामाजिक दूरी कायम गर्न डिस्टेण्ड चिन्ह निर्धारण, कर शिक्षा अभियान जस्ता १ सय ४ कार्यक्रमहरु सञ्चालन गरेको संघले जनाएको छ ।
यो अवधिमा संघले गुर्जो र रोग प्रतिरोधात्मक क्षमता वसद्धी गर्ने औषधी ३४ हजार ३ सय ९४ जनालाई र रहात समाग्रीहरु १ सय ५७ जनालाई वितरण गरेको जनाएको छ ।


