धनकुटाको एक रेडियोकर्मीमा कोरोना संक्रमण पुष्टि
धनकुटा खबर । धनकुटाको एक रेडियोकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा वजारबाट सञ्चालित रेडियो भेडेटारमा प्राविधिक फाँट तर्फ कार्यरत करिव २१ वर्ष की रेडियोकर्मीमा संक्रमण पुष्टि भएको हो ।
व्यक्तिगत रुपमा दुई दिन अघि मात्र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कोरोना जाचका लागि पिसिआर नमूना संकलन गरिएको उनको विहिवार साँझ पोजेटिभ रिपोर्ट आएको रेडियोका स्टेशन म्यानेजर पूर्ण कुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्ननुभयो `झण्डै १७ दिन अघिदेखी उनलाई ज्वरो आएपछि रेडियोबाट विदा दिईएको थियो । पछि मैले नै एक पटक पिसिआर जाच गर्नु कस्तो रिपोर्ट आउछ जाचेपछि ढुक्क हुन्छ भनेर विपिमा कोरोना जाँच गरिएको हो र विहिवार साँझ पोजेटिभ रिपोर्ट आएको हो ।
म्यानेजर चौधरीका अनुसार संक्रमित कर्मचारी अहिले होमआईसोलशनमा रहेकाछन् । भने अन्य कर्मचारीहरुलाई पनि सम्भवित संक्रमणबाट सर्तकता अपनाउन केही दिनका लागि विदा दिईएको छ ।
कर्मचारीहरुलाई विदा दिईएपछि रेडियोबाट नियमित रुपमा प्रसारण हुँदै आएका समचार वुलेटिन र सम्पूर्ण कार्यक्रमहरु पनि वन्द गरिएको छ । यसअघि विहान ५ देखी राती १० वजे सम्म निरन्तर वज्दै आएको रेडियो प्रशारणको समय पनि मध्यन्न १२ देखी दिउसो ३ वजे सम्म वन्द हुने र बाँकी समयमा गीतसंगी मात्र प्रशारण गरिने म्यानेजर चौधरीले वताउनुभयो । धनकुटा जिल्लामा रेडियोकर्मीमा कोरोना संक्रमण देखीएको यो पहिलो पटक हो ।


