धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटाको धनकुटा नगरपालिकाका ३ र शहिदभूमी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेश १ मा आज ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितहरुमा मोरङ्का २ सय ५३, झापाका १ सय ४३, सुनसरीका १ सय १२, उदयपुरका १२, इलामका ११, भोजपुरका ३, सोलुखुम्वका २, पाँचथर, खोटाङ र ते¥हथुमका १–१ र प्रदेश १ बाहिरका २६ जना रहेका छन् । विराटनगरमा १ सय ४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकाहरुमा ६१ महिला र ८६ पुरुष छन् ।

मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, भोजपुरमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ५३ पुगेको छ । यो प्रदेशमा आज ६ सय १९ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ सय ९५, मेची अस्पतालबाट १३, न्युरो अस्पतालबाट ८ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन । यो सँगै डिस्चार्ज हुनेको संख्या १० हजार ७ सय ९८ पुगेको छ ।

यो प्रदेशमा आज १ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ सय २३ महिला र ३ सय ४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ भने अहिलेसम्म १ लाख ५८ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।