धनकुटामा देउसी भैलो खेल्न रोक

धनकुटा खबर । धनकुटा जिल्लाको कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

समुदाय स्तरमा कोरोना भाइसर संक्रमण भइ रहेको भन्दै त्सको जोखिम लाई कम गर्ने दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको जनाइएको छ । साथै सो बैठकले कोभिड –१९ बाट मृत्यू भएकाहरुको शव व्यवस्थापनका लागि स्थान छनौट स्थानीय तहहरुले गरी आ–आफ्नो पालिकामा आगामी बुधवारसम्म व्यवस्था मिलाउनु पर्ने निर्णय गरेको छ ।

सो व्यवस्था मिलाउन अघि कोहि संक्रमितको मृत्यू भएमा मूलघाटमै अन्तिम संस्कार गर्ने निर्णय गरेको छ । आमनागरिकहरुले गरेको पीसीआर परिक्षणमा पोजिटिभ देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी नदिएको भन्दै प्रदेश सामाजिक मन्त्रालयसँग समन्वय गरेर तथ्यांक राख्ने र संक्रमित देखिएकाले कार्यालयलार्इ जानकारी दिन सूचना प्रकाति गर्ने निर्णय गरेको छ । सो जानकारी संक्रमितहरुले नदिई लुकाई राखेमा कानूनी कार्वाही गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पीसीआर परिक्षण गर्ने व्यक्तिहरुले परिक्षण शुल्कको ५० प्रतिसत व्यहोर्ने र बाँकी ५० प्रतिसत सम्बन्धित स्थानीय तहहरुले व्यहोर्नु पर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । उनले हिरासतमा रहेका बन्दीहरुको पीसीआर परिक्षणको शुल्क सम्बन्धित पालिकाले व्यहोर्ने जनाएको छ ।

यस्तै बैठकले सात वट स्थानीय तहहरुको दामासाही लगानीमा नयाँ शव बाहन खरिद गर्ने र सो शवबाहनको सञ्चालन नेपाल रेडक्रस सोसाईटी धनकुटाले गर्ने निर्णय गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिनु भयो ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जिल्लाको कोभिड संक्रमितहरुको संख्या र अवस्थाका वारेमा जानकारी दिनु भएको थियो ।सेन्टरका अध्यक्ष विमलीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सांसदद्वय लीला सुब्बा र कुसुमकुमारी श्रेष्ठले सुझाव दिएका थिए ।

यस्तै बैठकमा पाख्रीवास नगरपालिकाका प्रमुख बृषबहादुर राई, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, शहीदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले कोभिड–१९ लाई परास्त गर्न आ–आफ्नो पालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।