धनकुटामा आज ११ जना कोरोना संक्रमित थपिए
धनकुटा खबर । कोरोना जाँचका लागि धनकुटाबाट पछिल्लो पटक पिसिआर नमूना संकलन गरी पठाईएकाहरु मध्ये ८ जनाको नतिजा पोजेटिभ आएको छ ।
अस्ति मंगलवार जिल्लाको धनकुटा नगरपालिकाबाट १७ जनाको नमूना संकलन गरि पठाईएका मध्ये ५ महिला र ३ पुरुष गरि जम्मा ८ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
अन्य ९ जनाको नतिजा नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उता समाजिक विकास मन्त्रालयले भने धनकुटामा ११ जना संक्रमित थपिएको जनाएको छ ।
यो विषयमा स्वास्थ्य कार्यलयमा वुझ्दा तीन जना जिल्ला वाहिरबाट नमूना संकल गरिएकाहरु रहेको जनाईएको छ । सामाजिक विकास मन्त्रालय र जिल्लाको तथ्यांक हेर्दा धनकुटामा आज जम्मा ११ जना संक्रमित थपिएका छन् ।


