धनकुटाको त्रिशुले-लेगुवा कालोपत्रेका लागि सर्भेक्षण शुरु

नारायण कुमार राई, धनकुटा खबर । धनकुटाको जोरपाटी गाउँपालिका त्रिशुले देखि महालक्ष्मी नगरपालिकाको लेगुवा सम्म ३३ किलोमिटर बाटो कालोपत्रे गर्न प्रारम्भिक अध्ययन(फिजिबिलिटी) शुरु गरिएको छ ।

स्थानिय पूर्वाधार बिभाग ग्रामिण सडक सन्जाल सुधार आयोजना (आर.सि.आई.सी.) अन्तर्गत सम्पन्न हुने उक्त आयोजनाको गाउँपालिका र नगरपालिकाले संयुक्त रुपमा प्रारम्भिक अध्ययन शुरु गरेका हुन् ।

आयोजना शुरु गर्न महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भिमकला श्रेष्ठ सहितको संयुक्त टोलीले प्रभावित क्षेत्रका जनसमुदाय संग छलफल गरेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

सरोकारवालाहरु संगको प्रारम्भिक छलफलमा सडकको सिमा रेखाङ्कन गर्ने र सडक सिमानामा रहेका निजी तथा सार्वजनिक घर टहरा हटाउने सहमति भएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

“प्रारम्भिक अध्ययन पुरा भएपछि काम शुरु गर्नका लागि तिहार अघि बिभिगमा प्रतिवेदन पठाउने छौ ।”–लिम्बूले जानकारी दिनुभयो । प्रतिवेदन पठाएपछि सडक कालोपत्रेका लागि बिभागबाट पूर्ण सर्भेक्षणको काम शुरु हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका तर्फ १३ कि.मि. र नगर तर्फ बन्ने २० कि.मि.कालोपत्रे बाटो बाटोले गाउँपालिकाको साबिक हात्तिखर्क गाउँपालिका हाल वडा नं. १ का ६२० घरधुरी र नगरका ३ वटा वडाहरु लाभाम्बित हनेछन् ।

उक्त कालोपत्रे सडक निर्माण भएमा धनकुटा जिल्लाबाट भोजपुर जिल्ला जाने बैकल्पिक मार्ग समेत बन्ने छ ।

तस्बीर- महालक्ष्मी नगरपालिकाको जितपुर नजिकैको एक गाउँ,जुन गाउँ हुंदै लेगुवा सम्म कालोपत्रे सडक जोडिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।