धनकुटाको छथरले पिसिआर टेष्टमा ५० प्रतिशत छुट दिने – दाहसंस्कारका लागि ६ स्थान तोकीयो

नारायण कुमार राई, धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) को लक्षण देखिएकाहरुको ५० प्रतिशत छुटमा स्वाब परिक्षणको सेवा दिने गर्ने निर्णय गरेको छ ।

बिपद ब्यबस्थापन समिति तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा बैठकले लक्षण सहितको संक्रमितहरुलाई स्वास्थ्य संस्थाहरुले लिएको दरमा ५० प्रतिशत छुट गरेर पि.सि.आर. जाँच गर्ने निर्णय गरेको हो ।

कोरोनाको परिक्षणमा देखिएको अन्योल तथा जटिलतालाई सहजिकरण गरी समुदायलाई सहयोग गर्न यस्तो कार्यक्रम ल्याईएको लिम्बूले जानकारी दिनुभयो ।

लक्षण रहित आम नागरिकको हकमा भने शतप्रतिशत रकम लिई स्वाब संकलान गरी जाँच गर्ने ठाउँ सम्म पु¥याउन सहयोग गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । बैठकले कोरोना भाईरसबाट मृ,त्यु भएकारुको शव ब्यवस्थापन गर्नका लागि बिभिन्न ६ स्थानमा दा,ह संस्कार स्थल तोकेको हो ।

बैठकले वडा नं.१ का लागि माङमाया घाट,२ का लागि ध्वजे च्यान डाँडा,३ का लागि मुड्के आहाल,४ का लागि खाल्ले पाखा,५ का लागि आहाले च्यान डाँडा र वडा नं. ६ का लागि नाम्जाङ घाट तोकेको् छ ।

पछिल्लो समयमा कोरोनाका कारण मुत्यु भएकाहरुको श,व ब्यबस्थापनमा समस्याहरु देखापरेपछि मन्त्रालयको माग अनुसार उक्त स्थानहरु सूचिकरण गरी पठाउन लागिएको उपाध्यक्ष भिमकला श्रेष्ठले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।