धनकुटाको महालक्ष्मी नगरले कोरोना संक्रमितलाई २५ हजारसम्म उपचार खर्च र स्वाब टेष्टमा ५० प्रतिशत छुट दिने

नारायण कुमार राई, धनकुटा खबर । महालक्ष्मी नगरपालिक धनकुटाले आफ्ना नागरीक कोरोना संक्रमितलाई प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग र स्वाब संकलनमा ५० प्रतिशत छुट दिने भएको छ ।

गम्भिर बिरामी भएर आईसीयूमा भर्ना गर्नु परेमा उपचार खर्च सहयोग गरिने र पि.सि.आस परिक्षणमा छुट दिईने नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।

जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा तराईका अस्पतालमा लानपर्ने अबस्थालाई ध्यानमा राखेर नगरबासीको ज्यान बचाउँनका लागि उपचारमा टेवा दिन सहयोग गर्न लागिएको नेपालले जानकारी दिनुभयो ।

‘आईसीयूको उपचार खर्चिलो हुँने भएकाले बिरामीको परिवारलाई उपचार खर्च धान्न गाह्रो हुने हुँदा यस्तो बेलामा सहायता दिउँँ भनेर उपचार खर्च उपलब्ध गराउँन लागेका हौं ।’ नेपालले भन्नुभयो ।

त्यस्तै महालक्ष्मी नगरले लक्षणयुक्त नगरबासीहरुको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने भएको छ । नगरबासीको पीसीआर परीक्षणका लागि स्वाब संकलन किट (भीटीएम) को व्यवस्था पनि नगरपालिकाले नै मिलाउँने भएको छ ।

संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने र संक्रमितको मृत्यु भएमा शव वाहन खर्चसमेत नगरपालिकाले नै बेहोर्ने नगर प्रमुख नेपालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖